१. पानी परेको बेलामा अरु सबै चराले सुरक्षित वासस्थान खोज्छन् । तर, चिलले बादल माथि उडेर पानीको बेवास्ता गर्छ। परिस्थिति एकै हो , तर दृष्टिकोणले फरक पार्छ । २. सूर्य जस्तै चम्किन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्ने हिम्मत गर । ३. सफल भएका कथाहरु मात्र पढ्यौ भने तिमीले संदेश मात्र पाउँछौ । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्त्वपूर्ण पाठ थाहा पाउन सक्छौ ।

४. सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न , तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ । ५. आत्मविश्वास र मेहनत नै असफलताको औषधि हुन् । ६. कुनै पनि धर्मले आफूलाई माथि देखाउन , मान्छे मार भन्दैन । ७. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । र, त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ।

८. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन, तिमी पूर्ण रुपले जागा भएको बेला देखेको कल्पनाशक्ति हो । ९. युवाअवस्था नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढी कल्पनाशक्ति, उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ । १०. कसैलाई हराउन एकदमै सजिलो छ, तर कसैलाई जित्न त्योभन्दा गाह्रो छ । ११. विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।

१२. उत्कृष्टता भनेको आकस्मिक घटना होइन, निरन्तर प्रयासको प्रतिफल हो । १३. सानो लक्ष्य राख्नु भनेको अपराध जस्तै हो ।