१. म असफल भएको छैन । मैले उपयोगी नहुने १० हजार तरिका पत्ता लगाएको छु । २. पाँच प्रतिशत मानिसहरुले मात्र सोंच्छन् । दश प्रतिशत मानिसले सोंच्छन् की उनीहरुले केही सोंचीरहेका छन् , तर उनीहरुले केही सोँचेका भने हुँदैनन्ं। र, ८५ प्रतिशत मानिसहरुले सोंच्नुभन्दा मर्नु ठीक ठान्छन् । तिमी कुनमा पर्छौ ? ३. हार मान्ने बानीले होइन, फेरी एकपटक प्रयास गर्ने चाहनाले मानिसलाई सफलता दिलाउँछ ।

४. यदि हामीले आफूभित्रको सबै क्षमता प्रयोग गरेर काम गर्छौं भने हामी आफूलाई देखेर आफै छक्क पर्ने अवस्थामा पुग्छौं । ५. उत्कृष्टतामा एक प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ । ६. हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ । ७. तिमीले सबै सम्भावनाहरु प्रयोग गर्दा पनि काम बनेन भने यो सम्झ कि, तिमीले सबै सम्भावनाहरु प्रयोग गरेको छैनौ ।

८. तिमीले योजना बनाए अनुरुप या तिमीले सोंचे अनुरुप काम गरेन भन्दैमा त्यो काम नै नलाग्ने हुँदैन । ९. मैले मानिसको समस्या र आवश्यकता बुझें । त्यसैले म सोंच्नको लागि र आविष्कार गर्नको लागि प्रेरित भएँ । १०. तिमीले गर्ने हरेक काममा अझ राम्रोसंग गर्न सकिने तरिका लुकेको हुन्छ । ११. दिमाग वा टाउकोले मात्र होइन , हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।

१२. किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ। १३. यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं । १४. हार मानेर आफ्ना पाइला रोक्नु अगाडी आफू सफलता नजिक पुगिसकेको कुरा चाल नपाएकै कारण यहाँ धेरै मानिसहरु असफल भएका छन् ।

१५. मैले त्यहींबाट सुरु गरें, जहाँबटा अगाडीको अन्तिम मानिसले छोडेको थियो । १६. बेच्न नसकिने कुरा म आविष्कार गर्न मन पराउँदिन । किनकी बेचिने कुरा तिनै हुन् , जुन प्रयोगमा आउँछन् । र, वस्तु प्रयोगमा आयो भने मात्र आविष्कार सफल बन्छ। १७. तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ । १८. मेहनतलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै वस्तु छैन। १९. आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।