1. यदि कसैले पनि तिम्रो आलोचना गरेको छैन भने यो सम्झ की, तिमीले सफलता हासिल गरेका छैनौ । 2. शिक्षा भनेको सुन्दर भविष्यमा पुग्न सकिने पासपोर्ट हो । 3. जोसुकैले भनोस्, म सत्यको साथ दिन्छु र जोसुकैले विरोध गरोस् मैले न्यायको पक्ष लिन्छु । 4. प्रत्येक धोका, प्रत्येक हार, प्रत्येक चोटमा तिम्रा आगामी दिन राम्रा बनाइदिन सक्ने बिऊहरु हुन्छन् ।

5. जो व्यक्ति कुनै एउटा कुराको लागि समेत उठ्दैन भने त्यो व्यक्ति जुनसुकै कुरामा पनि चिप्लिन सक्छ । 6. भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन् । 7. तिमीलाई अरु कसैले स्वतन्त्रता, समान अधिकार र न्याय दिंदैन । त्यो तिमी आफैले लिनुपर्छ । 8. ईर्ष्याले मानिसका आँखा छोपिदिन्छ र उसले सहि रुपले सोंच्न सक्ने बाटो बन्द गरिदिन्छ ।

9. तिमीले शान्ती र स्वतन्त्रतालाई अलग बनाउन सक्दैनौ । स्वतन्त्रताको महसुस नगरेको व्यक्ति शान्त हुन सक्दैन । 10. ठक्कर खानु वा गल्ती हुनु भनेको असफल ठहरिनु होइन। 11. एउटा पुस्तकले व्यक्तिको समग्र जीवन परिवर्तन गरिदिन सक्छ । 12. जबसम्म तिमीले आफूले आफूलाई स्वीकार्दैनौ तबसम्म अरुले आफूलाई स्वीकारोस् भन्ने चाहना नराख ।

13. बुद्धिमान व्यक्तिले मूर्ख हुनुको अभिनय गर्न सक्छ, तर मूर्ख व्यक्तिले बुद्धिमान हुनुको अभिनय गर्न सक्दैन । 14. हतास नहोऊ। कुनै समय यस्तो थियो कि, आज थाहा भएका कुराहरु तिमीलाई त्यो समयमा केही पनि थाहा थिएन । 15. तिम्रो सपना पूरा गर्नको लागि तिमीले काम गर्नुपर्छ र त्यसको लागि तिमी जाग्नुपर्छ ।