१. जुन ब्यक्तीको मन धेरै राम्रो हुन्छ नि अक्सर उसैको किस्मत धेरै खराब हुन्छ । २. यी सपनाहरुलाई यही थाती राख्न मन लाग्यो धेरै भयो जालझेल, मलाई पनी आर्यघाटको स्वाद चाख्न मन लाग्यो । ३. तिमी भन्दा त तिम्रो याद नै ज्ञानी छ, तिमिले जति एक्लो बनाए पनि तिम्रो यादहरुले कहिले पनि एक्लो हुन दिएन । ४. मन्दिर हेरेर पुजा नगर भगवान सबैको एउटै हुन्छ, मान्छे हेरेर प्रेम नगर मुटु सबैको एउटै हुन्छ ।

५. गुनासो तिमी संग भन्दापनि त्यो भगवान संग छ जसले तिमि जस्तो ढुंगाको मन हुने संग प्रेमको शुरूवात गरायो । ६. सानो सानो कुरा र कमजोरिलाइ मनमा लियो भने जतिसुकै बलियो मजबुत सम्बन्ध पनि कमजोर हुँदै जान्छ । ७. पिपल को पात जस्तो नबन्नुस जो समय आएपछी सुकेर झर्छ, बन्नुछ भने मेहन्दीको पात जस्तो बन्नुस जो पिसिएर पनि अरुको जिन्दगी मा रङ भरिदिन्छ ।

८. अब न कसैलाई पाउन चाहान्छु, न कसैको हात समाउन चाहान्छु । बस, म जस्तो छु त्यसैमा रमाउन चाहान्छु । ९. यहाँ खुट्टामा ठेस लगाएर जानेहरुले पटक-पटक सरि भने तर मुटुमा ठेस लगाएर जानेहरुले फर्किएर सम्म हेरेनन् । १०. यदि तपाइलाई कसैले आवश्यकताको समयमा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ ।

११. आमा : मेरो आयु पनि तिमिलाइ लागोस । १२. सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ! कस्तो संसार बनाएछ दैवले जिउदा जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन । १३. आमा : मलाई दुनिया जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ । १४. सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ । १५. चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।

१६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन- धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन । १७. आफ्नो त त्यो हो जसले रुन दिदैन । १८. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन । १९. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै । २०. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।