१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान् चित्र कोरिएको छैन । २. तिम्रो समस्या खास समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो समस्या हो । ३. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार । ४. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।

५. जब झुसिलकिराले अब संसार सिकदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ । ६. कुर्यौ भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउन आफै बाहिर निस्कनुपर्छ । ७. हामी सबैथोक गर्न नसकौला तर कुनैपनी काम गर्न सक्छौ । ८. कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती ।नरे

९. एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । १०. अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । ११. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । १२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।

१३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । १४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । १५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । १६. यदि तिमी नरकको बाटो गइरहेका छौ भने पनि, नभाग, बरू अघि बढ्दै गर ।

१७. म असफल भएको होइन, मैले त सिर्फ ती हजार बाटोहरू पत्ता लगाएको हुँ जसद्वारा विजुली बाल्न सकिदैनथ्यो । १८. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ । ज्ञान सिमीत हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ । १९. सफल हुनका लागि असफल हुने डर भन्दा सफल हुने तिम्रो चाहान ज्यादा हुनुपर्दछ । २०. सुरूवातको सबैभन्दा पहिलो पाइलामा तिमीले भन्नैपर्नेछ, हो, म सक्छु ।

२१. मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । २२. गुडबाइ भन्ने तिनीहरूका लागि मात्र हो जसले आखाँद्वारा प्रेम गर्दछन् । तिनीहरू जो हृदय र आत्माद्वारा एक आपसमा प्रेम गर्दछन् उनीहरूका लागि विछोड भन्ने नै हुदैन ।