१. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न । २. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । ३. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ । ४. रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । ५. मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । ६. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ ।

७. मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । ८. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । ९. जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । १०. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।

११. तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ । १२. लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । १३. प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । १५. हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ ।

१५. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय अहिले हो । १६. हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन । १७. हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन ।

१८. हाम्रा लक्ष्य साह्रै ठूलो भएर कत्ती पनि खतरा हुँदैन बरू खतरा त तब उत्पन्न हुन्छ जब लक्ष्य साह्रै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्छ । १९. तपाई जुन स्थानबाट यहाँसम्मन् आउनुभयो फेरि त्यसैतिर फर्केर हेरि रहनुभन्दा अब कहाँ जानुछ त्यतैतिर हेर्नु बेस हुन्छ । २०. पहिले हामीले आफ्नो बानी बनाउछौ, र पछि बानीले हामीलाई बनाउछ ।

२१. सफलता बाहिर प्राप्त हुने कुरा होइन, यो त आफै भित्रबाट आउने कुरा हो । २२. तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।