१. तिमीले जे सोंच्छौ, जे बोल्छौ र जे गर्छौ, त्यो सबै एउटा लयमा मिल्नुले खुशी मिल्छ । २. दु:खी भएको अनुभव बिना तिमी खुशी हुन सिक्दैनौ । ३. जब तिमीले आफूसंग भएका कुराहरुलाई महत्व दिन्छौ, तब तिमीले हरेक दिन खुशी हुने कुनै बाहना भेट्छौ । ४. कसैलाई नराम्रो लाग्छ कि भन्ने सोंचले आफ्नो खुशीको बलि नदेऊ ।

५. तिमीले कस्तो सोंच राख्छौ ? तिम्रो खुशी तिम्रो त्यही सोंचमा निर्भर रहन्छ । ६. सबैभन्दा साधारण कुराहरुले नै अथाह खुशी ल्याइदिन सक्छन् । ७. प्रत्येक दिन नयाँ हो । र, तिमीले यो कुरालाई बुझेर अगाडी नबढुन्जेल खुशी प्राप्त गर्न सक्दैनौ । ८. खुशी भनेको तिमीले भविष्यको लागि साँच्ने वा योजना बनाउने चिज होइन । यो त वर्तमानमा सिर्जना गर्ने चिज हो ।

९. खुशी भनेको ‘रेडिमेड’ कुरा होइन । खुशी तिमीले गर्ने काम र व्यवहारले मिल्छ । १०. स्वस्थ रुपमा बाँच्नको लागि खुशी सबैभन्दा राम्रो औषधि हो । ११. यही क्षणमा खुशी बन। किनकी यो क्षण तिम्रो जीवन हो । १२. उत्सुकताले खुशी ल्याइदिञ्छ । १३. खुशी बाहिर खोजिरहने चिज होइन । त्यो त तिमी आफूभित्र नै रहेको हुन्छ ।

१४. हामीले खुशी बन्नको लागि जति दिमागलाई तयार गर्छौं, त्यति नै खुशी बन्छौं । १५. तिमीसंग जे छ, त्यसको लागि खुशी होऊ र तिमीले जे चाहन्छौ, त्यसको लागि उत्साहित बनिराख। १६. खुशी कहाँ छ भनेर खोज्न थाल्यौ भने तिमी कहिल्यै खुशी रहन सक्दैनौ । जिन्दगी भनेको के हो भनेर खोज्न थाल्यौ भने बाँच्न जान्दैनौ । १७. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो ।

१८. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । १९. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । २०. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए ।

२१. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । २२. असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । २३. विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । २४. असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो ।