१. आफ्नो जीवनको कुनै पनि दिन संग निराश नहुनु किनकि राम्रो दिन आयो भने त्यसले खुशी लिएर आउनेछ र नराम्रो दिन आयो भने त्यसले अनुभव लिएर आउनेछ र एउटा सफल जीवनको लागि दुबैको बराबर महत्व छ । २. रिस एउटा यस्तो जाल हो जसमा फस्ने पनि तपाई नै हो, उल्झिने पनि तपाई नै हो र पछी पछुताउने पनि तपाई नै हो । त्यसैले जब रिस उठ्छ तब रिस लाई भन्नुस कि अब म तेरो जालमा फस्ने वाला छैन ।

३. सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाइएको सम्बन्ध अन्तिम सास रहेसम्म टिक्छ । ४. यदि कसैले तपाईलाई धोका दिन्छ भने यो उसको गल्ति हो तर केहि मान्छेले फेरी धोका दिन्छन् भने अब यो तपाईको गल्ति हो किनकि तपाईले त्यो धोकेवाजलाई फेरी बिश्वास गर्नुभयो ।

५. तपाई आफै लड्नु र अरुले तपाईलाई लडाउनु यसले फरक पर्दैन किनकि लड्नुले हैन लडेपछि उठ्नुले तपाईको जीवनमा फरक पार्ने छ । ६. यदि तपाईको खुट्टामा जुत्ता छैन भने दुख नमान्नुहोस किनकि दुनियामा यस्तो मान्छेहरु पनि छन् जो संग खुट्टा नै छैन ।त्यसैले तपाई संग जे छ त्यसमै खुशी हुन सिक्नुहोस । ७. समय र शब्द यो दुबैलाई एकदमै बचाएर खर्च गर्नुहोला किनकि गईसकेपछि यी दुवै फर्केर आउदैनन् ।

८. दोष दिएर समस्या बाट छुटकारा लिन सकिदैन, बरु जिम्मेवारी उठाएर अलिकति कम भने पक्कै गर्न सकिन्छ । ९. यो पैसा भन्ने पनि अचम्मको चिज छ, जो संग छैन उसलाई कसैले इज्जत दिदैन र जो संग छ उसले कसैको इज्जत नै गर्दैन । १०. तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस ।

११. जीवनमा जहिले पनि महान कार्यहरु तागतले होइन, निरन्तर प्रयासले सफल पार्ने गर्छ । १२. कहिले पनि कुनै चिजको पर्खाइमा नबस्नु किनकि जिन्दगी तपाईले सोचेको भन्दा धेरै छिटो दौडिने गर्छ । . आजको युगमा जो सबैभन्दा कम बोल्न सक्छ उसैले आफ्नो इज्जतलाई सबै भन्दा लामो समयसम्म बचाउन सक्छ । १४. जुन दिन मान्छेले अरुको मन संग खेल्न छोडीदिन्छ, त्यहीबेला बाट यो दुनियामा कुनै पनि सम्बन्ध अधुरो रहेने छैन ।

१५. जो मान्छेहरुले तपईलाई दौडेर हराउन सक्दैनन्, ति मान्छेहरुले तपाईको मनलाई तोडेर हराउने कोसिस गर्ने छन्, त्यसैले आफ्नो मनलाई बलियो बनाउनुहोस् । १६. याद राख्नुस, तपाईको मन एकदमै मुल्यवान छ त्यसैले मनमा तिनीहरुलाई मात्र ठाउ दिनु जो तपाईको मनमा रहनको लागि लायक छन् र तपाईको मनको कदर गर्छन् ।

१७. जो मान्छेले जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिल्यै रुदैन, बस चुपचाप बस्ने गर्छ किनकि उसले रुदा रुदा पीडालाई जितिसकेको हुन्छ । १८. धोका, छलकपट, भ्रष्टाचार बटा कमाएको पैसाबाट तपाईले जति नै ठुलो पुण्यको काम गर्नुस तर पुण्य तपाईले होइन उसले पाउछ जसको त्यो पैसा हो ।

१९. यदि सर्प घरमा पस्यो भने त्यसलाई डण्डाले हानेर मारिन्छ तर त्यहि साप एउटा शिबको मुर्तिमा गैर बस्यो भने त्यसलाई दुध खुवाइन्छ, त्यसैले भ्रम बाहिर हैन मान्छेको दिल र दिमागमा हुने गर्दछ । २०. आज हामीले अरुलाई जे दिन्छौ त्यो एक न एक दिन जिन्दगीले हामीलाई नै फर्काइ दिने गर्छ, चाहे त्यो हासो होस् या आँशु, त्यसैले दुख दिदैछौ भने यो पक्का हुनु कि भोलि को दिन तिम्रो अगी दुखले भरिएको हुनेछ ।