१. इरादा बदलिन्छ, बोल्ने शैली बदलिन्छ, सम्बन्ध बदलिन्छ, भगवान पनि बदलिन्छन्, जब मान्छेको समय बदलिन्छ तब मान्छे आफै बदलिन्छ । २. समय यति चाडो रङ फेर्छ कि बितेको र आउने पालाको फरक चिन्न गाह्रो हुन्छ । मेरो ख्यालमा यदि कसैले समयलाई बुझ्न सकेको छ त, त्यसले जसको सबै समय सकिएको छ । ३. मुस्कुराउन जो संग मात्र सकिन्छ तर रिसाउन मन नजिकको नै मान्छे चाहिन्छ ।

४. माफी केवल त्यसले मात्र दिन सक्छ जो भित्र मनबाट नै बलियो हुन्छ । खोक्रो माच्न्ह्हेहरु त सधै रिसको आगोमा जलिरहेका हुन्छन् । ५. आफ्नो उमेर र पैसाको कहिले पनि घमण्ड नगर किनकि जे चिज गन्न सकिन्छ नि त्यो चिज बिस्तारै सकिदै पनि जान्छ । ६. भुल हुनु प्रकृति हो, स्वीकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो ।

७. मरेर त एकदिन सबैलाई जानु नै छ, फेरी किन मान्छेहरु एक अर्कालाई डाहा गर्ने गर्छन् ? ८. भगवान भन्नुहुन्छ कि निराश नहोउ, म तिम्रो साथमा छु, छेउमा त छुइन तर वरिपरी छु, आखा बन्द गरेर मनबाट याद गर, म अरु कोहि होइन, तिम्रो आत्मविश्वास हु । ९. मानवता भन्ने कुरा आज मैले रगत जम्मा गर्ने ठाउ बाट सिकेको छु, जहाँ बोतलमा जात र धर्म हुदैन ।

१०. जल्नुनै छ भने मन्दिरको धुप जसरी जल, ताकी थाहा पाउनेले पनि भनुन्, कस्तो मिठो सुगन्ध फैलियो । ११. पैसा नभए पछी आफ्नै हातले त गोजीको वास्ता गर्दैन भने आफन्त, छिमेकी र साथीभाई त परको कुरा हो । १२. साच्चै भन्ने हो भने, आफु बाहेक यो संसारमा कोहि आफ्ना नहुदा रहेछन् । १३. जसले तिमी संग अरुको कुरा काटिरहेको हुन्छ, उसले अरुको छेउमा पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।

१४. हजारौ राम्रो काम गर, कसैले देख्दैन तर अन्जानमा एउटा गल्ति गर्नु, लाटो पनि बोल्न थाल्दछ । १५. बिडम्बनाका साथ् भन्नु पर्दा जिन्दगीलाई मैले घुमाउन सकेको छैन तर जिन्दगीले जता जता घुमाएको छ म त्यतै त्यतै घुमेको छु । १६. एकदिन आफैले आफुलाई छाडेर जानु पर्छ, म छु दुनिया छ, म छैन र पनि दुनिया छ । १७. आज आफैलाई मैले झुक्याईदिए, जिन्दगीले पिडा दिदै थियो मैले मुसुक्क मुस्कुराईदिए ।

१८. जिन्दगीको साचो खुशी त त्यहाँ छ जहाँ आफ्नो हारलाई निहाल्दा अरुको ओठमा मुस्कान छाउछ । १९. म हजारौ पटक असफल भएको छु तर मलाई थाहा छ. म चिप्लेको मात्र हु लडेको होइन । २०. मान्छेहरु यहा आफ्नो कमजोरी सुधार्न होइन, अरुको कमजोरी खोज्न तिर लाग्छन्, र त उनीहरु सधै गलत बाटोमा हिड्ने गर्छन् ।

२१. आनन्द त त्यतिबेला आउछ, जहाँ बदला लिने ठाउमा गुण लगाउन पाइन्छ । २२. भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ । २३. बीच बिचमा गित बज्दैन र मात्र, नत्र जिन्दगी पनि फिल्म भन्दा कहाँ कम छ र !!