१. मौन छु त्यसको मतलब यो होइन कि म अन्याय सहन्छु, कहिलेकाही मौन बस्नुले पनि अन्याय गर्ने आफैलाइ गल्तीको महसुस हुन्छ । २. कति शब्द सुन्दा नमिठो लागेपनि त्यसको अर्थ भने राम्रो पनि हुनसक्छ त्यसैले प्रतिकृया दिनु भन्दा पहिले बुझ्नु राम्रो । ३. सानो हैसियत छ मेरो ठुलाबडा हरु संग भावना नै मिल्दैन र त उनीहरु देखि सधै टाढा बस्न मन पराउछु ।

४. जिन्दगी मेरो हो चिन्ता मलाइ पनि छ के गर्न हुन्छ के गर्नुहुदैन भनेर अरुले चिन्ता लिनुपर्दैन म पनि केहि त बुझ्नेछु । ५. जिन्दगीको खुशी त त्यो बेला नै मरि सकेको जब आमा तिमिले छोडेर गयौ । ६. केहि फरक पर्दैन दुइचार जनाले ब्लक गर्दैमा , अक्सर मन नमिल्ने हरु संग छुटेकै बेस ।

७. कुनै भर हुदैन, दुखीको कुनै घर हुदैन । ८. कोही साथी त्यस्तो होस जसले जिन्दगीभर साथ नछोडोस दुख होस या सुख होस हात नछोडोस । ९. तिमिलाइ त्यति अधिकार छ आफ्नो जिन्दगीमा जे पनि गर्ने , अरुको जिन्दगीमा बोल्न त धेरै सोच्नु अनि बुझ्नुपर्छ । १०. अरुको लागि खुशी खोज्दा खोज्दै आफू दुखी भएर दुनियाँ छोडनु लाइ जिन्दगी भनिन्छ ।

११. मानिसहरु तब मात्र तिम्रो हात समाउछ्न्, जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि हिड्न सक्छौ भनेर । १२. इज्जत कुनै व्यक्तिको होइन, आवश्यकताको हुन्छ । आवश्यकता सकियो त इज्जत पनि सकियो । १३. प्रेम कुनै पनि व्यक्तिलाई होइन, त्यस व्यक्ति प्रति लगानी गरिएको समय, धन र उसको आकृतिलाई गरिएको हुन्छ ।

१४. जीवनको रोलक्रममा तिमीलाई साच्चै ख्याल गर्ने व्यक्ति यसप्रकार हुन्छन् : आमा-बाबु, परिवार, प्रेमी-प्रेमिका, साथी, आफन्त, छिमेकी अनि मानवता । १५. दोष सृष्टिमा होइन, दृष्टिमा हुन्छ । १६. जो साच्चिकै बाचेको हुन्छ, ऊ मरेको पो थाहा हुन्छ त, जो बाचेकै छैन, ऊ मरेको कसलाई पो थाहा हुन्छ र ? १७. जे कुरा गर्न गाह्रो हुन्छ, त्यहि गर किनकि गाह्रो भएको कारणले सबैले त्यसलाई छाड्ने गर्छन्, अनि तिमीलाई बिजेता बन्न सजिलो हुन्छ ।

१८. बिजेताको मेडल धातुले होइन, खुन, आँशु र पसिनाले बनेको हुन्छ, त्यसैले त मानिसहरु मेडललाई झुकेर सम्मान गर्छन् । १९. हामी त्यहि बन्छौ जुन नियमित रुपमा गर्छौ । सफलता एक दिनको चमत्कार होइन, यो त बर्षौ देखिको असल बानिहरुको जोड हो । २०. हामीले छिट्टै हिम्मत हार्नु हुदैन किनकि कसलाई के थाहा छ र, भिलू झुल्किने घामले कस्तो भविष्य ल्याउछ भनेर ।