१. यदि तिमी हजार गल्ती गरेर पनि आफुले आफैलाई यति धेरै माया गर्छौ भने अरुले गरेको एउटा सानो गल्तीलाई लिएर किन मन दुखाउछौ ।

२. प्राय मान्छेहरु भन्ने गर्छन् कि पहिलो माया भुल्न सकिदैन भनेर, फेरी किन आफ्नो आमा बुबाको मायालाई भुल्ने गर्छन् ।

३. आफ्नो मनमा अरुलाई त्यतिनै ठाउ दिनु जति अरुले तिमीलाई दिने गर्छन्, नत्र पछी कि तिमी आफै रुने छौ या त अरुले तिमीलाई रुवाउने छ ।

४. सम्बन्ध कहिले पनि सुन्दर रुप र मिठो बोलीले टिक्दैन । सम्बन्ध त अटुट बिश्वास र निशर्त मायाले टिक्ने गर्छ ।

५. तिमी दुनीयाको हरेक मान्छेलाई जित्न सक्छौ तर एउटा मान्छेलाई कहिल्यै पनि जित्न सक्दैनौ जो तिम्रो खुशीको लागि जानी जानी आफै हार्ने गर्दछ ।

६. मान्छे त त्यो हो जसले अरुको दुखलाई पनि महशुस गर्ने गर्छ किनकि आफ्नो दुख मात्र त जनावरले पनि महशुस गर्छ ।

७. यदि छायाँ मान्छे भन्दा अग्लो र कुरा औकात भन्दा ठुलो हुन थाल्यो भने सम्झनुस कि सुर्य डुब्ने वाला छ ।

८. लडाई चाहे कुनै पनि होस् तर जो लड्छ उसले केहि न केहि गुमाएकै हुन्छ ।

९. पानीले नुहाएर केहि हुदैन यदि भाग्य बदलिनु छ भने पसिनाले नुहाउने गर ।

१०. जबसम्म तिमी हासी राख्छौ तब सम्म यो दुनियाले तिमीलाई साथ् दिनेछ किनकि आँशुले त आखामा पनि ठाउ पाउदैन ।

११. एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।

१२. समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।

१३. दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ ।

१४. यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।