हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. रमाउने भनेको त बचपनमा मात्र रहेछ, जिम्मेवारीले टाउको भारी पछी त चाहेर पनि रमाउन नसकिने रहेछ

२. जिध्दी त सबै हुन्छन् तर झुक्छ त्यहि जसलाई सम्बन्धको चिन्ता हुन्छ

३. यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो ? कहिले सुन्नु भएको छ ? मेरो सपनाको मजदुर जन्ती लिएर आउछ भनेर

४. माया गर्ने आँट गरिसके पछी सम्बन्ध टिकाउने शाहस पनि राख्नुपर्दछ

५. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हेर्दा राम्रो देखिन्छ तर एक्लै छ

६. मानिसहरु हरेक पटक यहि सोध्छन् कि ऊ मा के देखिस ? म हरेक पटक यहि भन्छु की माया बिना कारण हुने गर्छ

७. मानिसहरु बदलिन्छन्, प्रेमले चोट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तोडिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ

८. सारै गाह्रो रहेछ उसलाई भुलाउन जसले तिमीलाई सम्झनको लागी अनेकौ यादहरु दिएको हुन्छ

९. यति बुझ, माया सिसा हो त्यसैले त फुट्दा कम र चर्किदा बढी दुख्ने गर्दछ

१०. आजकल मन बाट होइन दिमाग बाट सम्बन्ध निभाउने गर्छन्

११. मायाको अर्थ मायाँ गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिल्यै बुझ्दैन

१२. चित्त दुखाउने बित्तिकै रोईहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आशुको लायक हुदैनन्

१३. जब बिश्वास टुट्छ नि तब यो सरी भन्ने शब्द पनि मजाक लाग्छ

१४. प्रेम गर्दा चाँही दुबैको सहमति हुनु पर्ने रे अनि बिछोडमा चाँही एक्लै निर्णय गर्दा हुन्छ रे, मायामा पनि कति अन्याय

१५. करोडौको भिड किन नहोस, खोजी सधै एउटै अनुहारको हुन्छ

१६. प्रेमको परिभाषा संग्रालयमा राख्नु पर्छ किनकि यसको अर्थ नै लोप भएर गईसक्यो

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोला :