हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हेरेक पल्ट तपाईनै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।

२. ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

३. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

४. जहाँ तिम्रो कदर हुदैन त्यहाँ जानु बेकार छ, चाहे त्यो कसैको घर होस् या कसैको मन ।

५. जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।

६. असफल मान्छे दुनियाको दरले सोच बदल्ने गर्छन् तर सफल मान्छे आफ्नो सोचले दुनियालाइनै बदल्ने गर्छन् ।

७. मान्छेले समयलाई सोधेछ, आखिर किन हरेक पटक म हार्ने गर्छु ? तब समयले भनेछ, दिन होस् या रात, घाम होस् या छाया, बर्षा होस् या खडेरी, म सधै हिड्ने गर्छु, त्यसैले त म जित्ने गर्छु । यदि तपाई पनि जित्न चाहनुहुन्छ भने सधै हिड्ने गर्नुहोस ।

८. ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।

९. राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ ।

१०. यो कोसिस गर्नु कि जिन्दगीको हरेक पल राम्रो संग बितोस किनकि मान्छे त मेटिएर जान्छ तर याद सधै रहने गर्दछ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोला :