हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ

वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ ।

उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ । हिन्दूधर्म दर्शन तथा वास्तुशास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दिशा, बार, ग्रह आदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा सफलता मिल्नेछ ।

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

२. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।

३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण-पूर्व कोणमा राख्दा लगभग घरको सबै काम-कुरा ठीक हुँदै जानेछन् ।

४. दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।

६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।

७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनु हुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ ।

८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।

९. दक्षिण- पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ ।

१०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।

११. शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोला :

झुक्किएर पनि खाली पेटमा कहिल्यै नखानोस् यी खानेकुरा

खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल : अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ ।

त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही : पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी : चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।

यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ । खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ।

यो पनि पढौ :

गर्मीयाममा शरीरलाई कसरी सन्तुलनमा राख्ने त ? स्वस्थकर र सही खानेकुराको छनोट नै गर्मीबाट पार पाउने उपाय

गर्मी मौसम लागेपछि सबैभन्दा ठूलो शरीरलाई अत्यधिक गर्मीबाट बचाउनु हो । कहिलेकाहीँ गर्मी मौसममा शरीरले धान्न नसक्ने गरी गर्मी हुन्छ । गर्मी मौसममा देखिने मौसमको परिवर्तनले शारीरिक असन्तुलन पैदा हुन्छ । जसले जीउ सुन्निने, दिक्दारी हुने, विभिन्न संक्रमण हुनुका साथै बढी रिस उठ्नेजस्ता समस्या देखिन्छन् ।

त्यसो भए गर्मीयाममा शरीरलाई कसरी सन्तुलनमा राख्ने त ? स्वस्थकर र सही खानेकुराको छनोट नै गर्मीबाट पार पाउने उपाय हो । खाना खानु मानिसको आवश्यकता हो ।

तर, सही खाने कुराको छनोट गर्नु बुद्धिमत्ता हो । गर्मी मौसममा मानिसको शरीरको आन्तरिक ताप पनि बढिरहेको हुन्छ । यो समयमा खाना पचाउने क्षमता पनि कम हुन्छ । त्यसैले हल्का र शरीरलाई चिसो राख्ने खानेकुरा खानुपर्छ । त्यसका लागि प्राकृतिकरुपमा नै गुलियो, तीतो र चिसो राख्ने खाना राम्रो हुन्छ ।

यहाँ गर्मी मौसमको लागि उचित हुने केही खानेकुरा उल्लेख गरिएको छ

१. तरकारी

तीतो, हरियो तरकारीहरु यो मौसमका लागि उचित हुन्छ । यसमा काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ, बन्दा लगायतका तरकारी यो मौसममा राम्रो हुन्छ । तर, यो मौसममा रायो, मूला, प्याज, टमाटरजस्ता तरकारी भने सकेसम्म खानु हुँदैन ।

२. फलफूल

यो मौसममा गुलियो फलफूहरु खानु राम्रो हुन्छ । नरिवल, स्याउ, तरबुजा, अंगुर, आँपजस्ता फलफूल यो मौसममा खानु राम्रो हुन्छ । एभोकाडो पनि यो मौसमको लागि लाभदायक मानिन्छ । तर, अमिलो अंगुर, कटहर, कागती, सुन्तला, स्टबेरीजस्ता फलफूललाई भने सकेसम्म त्याग्नु नै राम्रो हुन्छ ।

३. प्राकृतिक रुपमा गुलियो खानु

गर्मीयाममा आफ्नो खानेकुुरामा मह पनि मिसाउनु राम्रो हुन्छ । महका साथै उखु पनि केही मात्रामा मिसाउन सकेको खण्डमा शरीरको तापलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ ।

४. तेल

गर्मीयामको लागि घ्यू सबैभन्दा राम्रो हुन्छ । यस्तो अवस्थामा नरिवलको तेलले पनि शरीरको तापमान घटाउन सहयोग पुर्‍याउँछ । अलमण्ड, तोरी, लितको तेल भने प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

५. नट्स र बीउ

गर्मीयाममा फर्सीको बियाँ, सूर्यमुखीको बीउ, काँक्रोको बीउ, तरबुजाको बीउको सेवन राम्रो हुन्छ । काजु बदाम र ओखरले भने मानिसको शरीरको ताप बढाउन सहयोग गर्छ ।

६. गेडागुडी

सिमी, मास, भटमास लगायतका गेडागुडी गर्मीयामको लागि उचित हुन्छ । प्रशोधित भटमासका उत्पादन भने यो मौसमको लागि हानिकारक हुन्छ ।

७. अन्न

चामल, गहुँ, जौ लगायतका अन्नहरु मकै, कोदोजस्ता अन्न भन्दा गर्मीयामको लागि उचित मानिन्छ ।

८. डेरी उत्पादन

घ्यू, क्रिम, नौनी, पनीर, घरेलु चीज, दूध लगायतका डेरी उत्पादन गर्मीयाममा शरीरको लागि उचित मानिन्छ ।

९. मासु

रातो मासुभन्दा पनि सेतो मासु गर्मीयामको लागि उचित मानिन्छ । अण्डा र खसीको मासु पनि गर्मीयाममा राम्रो मानिन्छ । तर, सुँगुर, भेडाच्यांग्रा, माछाको मासु भने गर्मीको लागि उचित मानिँदैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

गर्मीमा राम्रो निद्राका लागि तल उल्लेख गरिएका खानेकुरा खानुस्

यति बेला नेपालमा मध्य गर्मी छ । गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेषगरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् ।

यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ । गर्मीमा के–के खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ ? आउनुहोस् जानौँ

गर्मि मौसममा धेरै मानिसलाई भोक नलाग्ने, निन्द्रा नलाग्ने हुन्छ । त्यसका लागि यी तल दिएका खानेकुराहरु खानु पर्छ ।

आलु

निद्राको समस्या भएका मानिसले उमालेको वा भुटेको आलु खानु राम्रो हुन्छ । यस्तो आलु छिटो पच्छ र शरीरमा गर्मी पैदा हुन दिँदैन । अनि निद्रा राम्रो पर्ने नै भयो ।

सजिवन

गर्मीमा हाम्रो शरीरबाट असाध्यै पानी निस्कन्छ किनकि पसिना खुबै चुहिन्छ । त्यसैले पानीको स्तर कायम राख्नु जरूरी हुन्छ । सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन दिँदैन ।

फर्सी

फर्सी धेरै लाभदायक तरकारी हो । यसमा भएको ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन दिमागमा हुने रसायन हो जसले मूड फ्रेश गर्छ, उदासी हटाउँछ र डिप्रेसनबाट बाहिर निकाल्छ ।

यसले राम्रो निद्रा पनि ल्याउँछ । यसमा भएको पोटासियम र फाइबरले पाचन प्रक्रिया तथा चिनीको स्तरलाई पनि सन्तुलनमा राख्छ ।

लौका

गर्मीमा कुनै हालतमा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यसका लागि हरिया सागसब्जी, फल र लगातार पानी पिउनु उपयुक्त हुन्छ ।

शरीरमा पानीको कमी भयो भने पनि निद्रा लाग्दैन । लौकाको तरकारी र लौकालाई दहीमा मिसाएर राइता अवश्य खानुस् । यसले शरीरलाई ठण्डा राख्छ ।

गर्मी मौसममा कस्तो खानेकुरा खाँदा फाईदा हुन्छ ?

काँक्रो

काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानासँग सेवन गर्नु राम्रो हुन्छ । काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्नुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

लौका

लौकामा हाम्रो शरीरलाई फाइदा पुर्याउने थुप्रै गुण हुन्छन् । यसमा पानीको मात्रा धेरै हुने भएकाले गर्मीमा यसले शरीरलाई हाइड्रेट बनाइराख्छ । रातिको खानामा लौका खाएपछि पानी कम खादा पनि डिहाइडे«शन हुन पाउँदैन । यदि तपाईंलाई गर्मीमा कुनै पनि खाना राम्रोसँग पच्दैन भने लौकाको सेवन गर्नु वेश हुन्छ । लौकालाई तरकारी, अचार तथा खीर बनाएर पनि खान सकिन्छ ।

फर्सी

फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य समावेश गर्नुहोस् । फर्सीको सेवनले शरीरमा ब्लड सुगर पनि नियन्त्रण हुन्छ ।

घिरौंला

घिरौंला गर्मी महीनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई तरकारीको रूपमा खानाले पाचनक्रिया राम्रो हुनुका साथै पेटसम्बन्धी समस्यामा सुधार ल्याउँछ ।

दही

दहीमा प्रशस्त मात्रामा पोषक तत्त्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटसम्बन्धी समस्या हुँदैन । दहीको सेवनले शरीर शीतल बन्छ ।

उसिनेको आलु

गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले राम्रो गर्छ । आलुमा कार्बोहाइड्रेट हुन्छ, जसलाई पचाउन सजिलो हुनुका साथै गर्मीसँग लड्न पनि सहयोग पुर्‍याउँछ । यसको सेवनले निद्रा पनि राम्रोसँग लाग्छ ।

कसरी राख्ने गर्मी र झरीमा खाद्य पदार्थ सुरक्षित ?

त्यसै पनि अहिले गर्मीको मौसम । त्यसमाथी मनसुन सक्रिय भएको बेलामा पर्ने अविरल वर्षाले हाम्रो स्वास्थमा समेत प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । यो सिजनमा हामीले खाने खाद्य पदार्थहरु अरु बेलाको तुलनामा अझ चाँडो दुषित हुने सम्भावना रहन्छ ।

खाद्य पदार्थलाई कसरी दुषित हुनबाट जोगाउने ? अथवा खाद्यपदार्थलाई कसरी सुरक्षित राख्ने ? यो आजको बुझ्नै पर्ने आवश्यकता हो । हामीले उपभोग गरिरहेका सबै प्रकारका खाद्य पदार्थहरु कत्तिको स्वच्छ, ताजा अथवा स्वास्थको लागि सुरक्षित छन् ? यसबारेमा हामीले विचार गर्नैपर्छ ।

पछिल्लो समय तरकारीमा विषादीको प्रयोग राष्ट्रव्यापी मुद्दा नै बनिरहेको छ । हामीले खाने अधिकांश तरकारीहरुमा आवश्यकता भन्दा बढि विषादीहरु प्रयोग भैरहेका छन् भन्ने समाचारहरु हरेक दिनजसो प्रकाशित भैरहेका छन् । यस्तो अवस्थामा हामीले खाने खाद्य पदार्थ जस्तै अन्न, तरकारी, फलफूल आदि विषालु रसायनबाट मुक्त छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ ।

विषालु रसायन प्रयोग भएका खाद्यपदार्थहरु हाम्रो स्वास्थका लागि हानिकारण हुन्छन् । त्यसै पनि अहिले खाद्य पदार्थहरुमा विषादी धेरै छन् । हामीले खाने खानामा विषादीको मात्रा कति छ भन्नेतर्फ पनि हामीले ध्यान दिनु अनिवार्य छ ।

थोरै सावधानी अपनाइएमा हामी शरीरलाई हानी गर्ने विषालु रसायनबाट छुटकारा पाउन सक्छौं । यहाँ केही खाद्यपदार्थलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

खाद्य पदार्थलाई कसरी जोगाउने ?

गहुँ

रोटी प्रायः सबैलाई मनपर्ने खाद्य पदार्थ हो । रोटी प्राय गहुँको पिठोबाट बनाइन्छ । हामीले स्वस्थकर रोटी खाने हो भने गहुँ नै स्वस्थ हुनु अनिवार्य छ । गहुँलाई डीडीटी, एचसीएच, एफ्लाटक्सिन जस्ता विषालु रसायनका साथै मुसाको रौं तथा मलले समेत दुषित बनाइरहेको हुन्छ । ती पदार्थले हाम्रो प्रजनन प्रकृयामै नकारात्मक प्रभाव पार्न सक्छ भने रगतलाई समेत दुषित बनाउँछ ।

यसबाहेक ती पदार्थले मस्तिष्क तथा छातीको क्यान्सर नै हुने सम्भावना रहन्छ । त्यसबाट बच्नका लागि गहुँ पिस्ने बेलामा नै ध्यान दिनु पर्छ । गहुँ पिस्नुभन्दा अघि त्यसको सबै भुस निकाल्नुपर्छ । भुससँगै त्यसमा भएको किटनासक विषादी पनि स्वतः निस्कन्छ ।

त्यसबाट पनि बाँकी रहेको विषादी रोटी पकाउने अथवा सेक्ने क्रममा नष्ट भएर जान्छ । त्यसैले गहुँ किनेपछि राम्ररी सफा गरेर मात्र पिसाउनु उपयुक्त हुन्छ ।

चामल

चामलमा पनि विभिन्न प्रकारका दुषित पदार्थहरु पाउन सकिन्छ । ती मध्ये प्रमुख हुन चामलमा प्रयोग गरिने डीडीटी तथा आरसेनिक । ती दुषित पदार्थले हाम्रो स्मरणशक्ति तथा प्रजजन क्ष्ँमतामा कमि ल्याउँछ । ती पदार्थले हाम्रो रगत समेत दुषित बनाउँछ ।

छाती तथा मस्तिष्कको क्यान्सर हुने सम्भावना पनि अधिक हुन्छ । त्यसैले दुषित पदार्थ मिसिएको चामल नै किन्नबाट जोगिनु पर्छ । त्यसका लागि हामीले किन्ने चामलको रंगमा ध्यान दिनु पर्छ । हुन त अधिकांश चामलको रंग सेतो नै हुन्छ, तर सेतो बाहेकका रंगका चाममा एफ्लाटक्सिन हुन सक्छ ।

त्यस्ता चामल पाक्न समेत समय लाग्छ । त्यसैले चामललाई स्वस्थ बनाउनका लागि पकाउनुभन्दा आधा घण्टा अघि नै चामललाई चार पटक पानीले पखाल्नु पर्छ र अन्त्यमा पानीमै भिजाएर राख्नु पर्छ । यसबाट चामलमा भएको दुषित पदार्थहरुलाई सजिलै हटाउन सकिन्छ ।

दाल

चामलजस्तै दाल पनि हामीले दैनिक रुपमा प्रयोग गर्ने महत्वपूर्ण खाद्य पदार्थ हो । दाललाई पनि केही पदार्थहरुले दुषित बनाइरहेका हुन्छन् । ती मध्ये मुसाको कपाल, मुसाको लिंड तथा एचसीएच प्रमुख हुन् । ती दुषित पदार्थले पनि स्मरणशक्ति कम गराउनुका लागि प्रजजन क्षमतालाई पनि घटाउँछन् । रगतलाई दुषित बनाउनुका साथै छाती र मस्तिष्टकको क्यान्सरको सम्भावना समेत बढाउँछन् । दालमा पाइने दुषित पदार्थबाट जोगिने उपायहरु पनि छन् ।

त्यसका लागि दाल पकाउनुभन्दा एक घण्टा अघि नै दाललाई पानीमा भिजाउनु पर्छ । दाल पकाउन बसाउनुभन्दा ठिक अघि चार पटक पानीले पखाल्नु पर्छ । त्यसपछिमा दाललाई प्रेसर कुकुरमा राखेर पकाउनु पर्छ । दालमा चार-पाँच सिट्ठी लागेपछि अर्थात दाल राम्ररी पाकेपछि मात्रै खानु पर्छ ।

दूध

हामीले हरेक दिन प्रयोग गर्ने दूध पनि दुषित हुन सक्छ । दुधमा पाइने दुषित पदार्थहरुमा डीडीटी तथा एचसीएच, एन्डासुलफोन, सिन्थेटिक दूध, हाइट्रोजन प्याराअक्साइड आदि हुन् । यी पदार्थहरुले हाम्रो मृगौला, कलेजो, मांशपेशी तथा आन्द्रामा नकारात्मक प्रभाव पार्न सक्छ । दुषित दूधको सेवनले पेटको अल्सर नै हुने सम्भावना हुन्छ । दूषित दूधबाट जोगिनका लागि साइकलमा दूध बेच्नेहरुसँग दूध किन्नै हुँदैन ।

उनीहरुले दूधमा पानी मिसाउने सम्भावना अत्यधिक रहन्छ । यसबाहेक गुणस्तरीय डेरीबाट उत्पादित दूध मात्र प्रयोग गर्नु पर्छ । डेरीका दूधहरु पास्चराइड गरिएको हुनाले पेस्टिसाइडको प्रभाव कम हुन्छ । महत्वपूर्ण कुरा के हो भने दूध सेवन गर्नुअघि त्यसलाई राम्ररी उमाल्नु अति नै अनिवार्य छ ।

मसला

हामीले तरकारी पकाउँदा प्रयोग गर्ने मसला पनि दुषित हुन सक्छ । त्यसमा अप्राकृतिक रंग, माइक्रो टक्सिनका साथै अखाद्य धूलो प्रयोग गरिएको हुनसक्छ । ती दुषित पदार्थले स्वास्थमा धेरै नै प्रभाव पार्छ । खासगरी दुषित मसलाले हाम्रो आन्द्रालाई नै नकारात्मक प्रभाव पार्न सक् छ।

बेसार

बेसारको रंग पहेंलो हुन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि, बजारमा बिक्रीका लागि राखिएको बेसारको रंग आवश्यकता भन्दा बढि नै पहेंलो छ भने त्यसमा मिसावट छ भन्ने कुरा बुझे हुन्छ । बेसारमा क्रोमाइड नामक रसायन मिसाएपछि उक्त बेसार आवश्यकताभन्दा बढि पहेंलो हुन्छ । त्यसैले बेसार किन्दा प्राकृतिक पहेंलो रंगको बेसार किन्नु नै बुद्धिमानी हुन्छ ।

खुर्सानीको धूलो

खुर्सानीको धूलो पनि पनि विभिन्न प्रकारका अखाद्य धूलो मिसाइएको पाइन्छ । स्वस्थकर खुर्सानीको धूलो घरमै बनाउनु राम्रो हुन्छ । सुकेको खुर्सानी किनेर त्यसलाई घरमै पिस्नाले स्वस्थ धूलो तयार पार्न सकिन्छ ।

यसका साथै मरिच, जीरा, अलैंची, दालचिनी तथा धनियाँ जस्ता खाद्य पदार्थलाई घरमै पिसेर विभिन्न प्रकारका मसला बनाउन सकिन्छ ।

खानेकुरा अनियन्त्रित रुपमा खानुको बेफाइदा, यस्ता छन्

तौल बढ्छ

बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मानिस सानो उमेरमै मोटोपनको सिकार बन्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु भनेको मृत्युको अर्को कारण पनि हो । हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण वर्षेनी मृत्यु भइरहेको छ ।

पचाउन गाह्रो

खाएको खानेकुरा केही मिनेटदेखि धेरै घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।

शरीरका अंगमा हानि

बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।

हिक्क हिक्क आउँछ

जब खानास्वादिलो हुन्छ, खाने मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ । छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा छिर्छ । त्यसपछि तपाईंलाई हिक्क हिक्क लाग्न थाल्छ । कुनै बेला निकै डकार आउँछ ।

फोक्सोलाई भार

फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी भार दिन्छ, ताकि तपाईंमा स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न गाह्रो पर्छ । तसर्थ ठूलो भाग खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै फेर्न नसकेर या उकुसमुकुस भएर अस्पताल नै जानुपर्ला ।

खानाको पाइप बन्द

बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुन्छ । जसका कारण खाएको खाना पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ र मुटु नजिकैको क्षेत्रमा एक प्रकारको जलन हुन्छ ।

अल्छी लाग्छ

अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने हुन्छ । पेटभित्र खान पचाउने तापमानलाई बढी समय कार्य गर्नुपर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिन्छ ।

पाचन प्रणालीलाई सघाउन तपाईंको रगत दिमागबाट बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि उङ्ने समस्या हुन्छ ।

अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।