मलाला युसुफजई पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी कार्यकर्ता हुन् । सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मलाला स्वात उपत्यकामा तालिबानहरुले केटीहरुलाई बिधालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेका कारण चर्चामा आएकी हुन् । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करिब सवा १२ बजे स्वात उपत्यकाको कस्बे मिंगोरामा बिधालयबाट फर्किरहेको समयमा आतंककारीहरुले हमला गरेका थिए । मलालाको जन्म १९९७ मा पाकिस्तानको खबर पख्तुनख्वाह प्रान्तको स्वात जिल्लामा भयो । आज हामीले उनको जीवन उपयोगी प्रेरक भनाईहरु यहाँ साभार गरेका छौ ।

१. तिमीले निर्णयहरु लिनका लागि, तिमि आफु को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफुलाई चिन्नु महत्वपूर्ण हुन्छ ।

२. मसंग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।

३. समस्यासंग जुध्न र युद्दको विरुद्दमा लड्नको लागि बिचारहरुको उत्पादन र ति बिचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो ।

४. यहाँ धेरै समस्या छन् र ति समस्या समाधानका उपायहरु पनि छन् । ति समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।

५. यदि तिमीले कसैलाई मार्छौ भने, तिमीले यो प्रमाणित गरिरहेका हुन्छौ कि, तिमीलाई त्यो व्यक्ति देखि डर थियो ।

६. तिमि सधै अरुको सहयोगमा मात्र भर पर्नु हुदैन ।

७. म गोली हानिएको केटीको रुपमा चिनिन चाहन्न । म त्यसको बिरुद्दमा उठेकी केटीको रुपमा चिनिन चाहन्छु ।

८. एउटा डाक्टरले गोली लागेको बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले गोली लाग्नबाट लाँखौ मानिसहरुलाई बचाउन सक्छ ।

९. म मेरो डरभन्दा बलियो छु ।

१०. जीवनको हरेक पल महत्वपूर्ण छ । जुनबेला जे पनि हुनसक्छ । जो व्यक्ति त्यो खतरासंग डराएर आफुलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ ।

११. म यो बिश्वास गर्छु कि, बन्दुकमा कुनै शक्ति हुदैन ।

१२. मैले मेरो मृत्युलाई नजिकबाट देखिसकेको छु । तर, मृत्युले मेरो उदेश्यमा सघाउन चाह्यो । मृत्युले मलाइ मार्न चाहन्न ।

१३. मानिसहरु भन्छन् कि, मलालाको आवाज बिक्रि भईरहेको छ, तर म भन्छु, मेरो आवाज संसारभर फैलिरहेको छ । तिमीले पहिला यो बुझ कि, मालाला अर्थात मैले के भन्न खोजिरहेको छु ।

स्वास्थ्य सम्बन्धि जानकारी पनि पढ्नुहोला है :

तपाइकाे कतै दिउँसै सपना देख्ने बानी त छैन ? यस्ता छन् फाइदै फाइदा

हामीले कसैले आफ्ना याेजना सुनाउँदा व्याङ्ग्य गर्छाैँ, “दिउसै सपना देखिस् कि के हाे ?” । निदाउदा त जाे सुकैले सपना देख्न सक्छ, तर आफैमा हराएर, कल्पनामा रमाएर आखाँ बन्द नगरी देखिएका सपना जिवनका लागी सबैभन्दा महत्वपुर्ण सावित हुन सक्छन् ।

के तपाइकाे दिउसै सपना देख्ने बानी छ ? यस्ता छन् फाइदा

दिउसाे सपना देख्ने व्याक्तिकाे साेच्ने शक्ति, कल्पनाशक्ति बढ्छ । जति पनि नयाँ अाविष्कार, नयाँ “आइडिया” जन्मिन्छन्, ति सबै नयाँ साेच र कल्पनाशक्तिबाट जन्मिन्छन् । दिउसाे सपना देख्दा व्याक्तिले त्यही देख्छ, जसमा उसले रूचि राख्छ, जसमा उसकाे मन जान्छ।

त्यसैले उसलाइ आफ्नाे रूचि थाहाँ पाउन र आफ्नाे करियर छनाेट गर्न मद्दत पुग्छ । तिनै सपनाले गर्दा उ आफै केही गर्न उत्प्ररित भइरहेकाे हुन्छ । जब कल्पना गर्दै मानिसले सपना देख्न थाल्छ तब उसमा सिर्जनात्मक क्षमता बढ्छ । उसकाे दिमागमा नयाँ नयाँ-कुरा आउन थाल्छन् ।

यदि याे सिर्जनात्मक क्षमतालाइ सदुपयाेग गर्न सक्याे भने त्यही दिउसाे सपना देख्ने बानीले उसकाे परिचय बनाइदिन सक्छ । दिउँसाे सपना देख्ने बानीले व्याक्तिले त्यसमा आफ्नाे लक्ष्य खाेज्छ र भेट्छ । र त्यही आधारमा उसले आफ्ना भावी याेजनाहरू समेत बनाउन थाल्छ ।

यसले गर्दा दिउसाे सपना देख्ने बानी मार्गनिर्देशन पनि बन्न सक्छ । एकाेहाेराे बानीले अनावश्यक तनाव बढ्न सक्छ । तर, दिउसाे सपना देख्ने व्याक्ति ति तनावबाट केहीछिन भएपनि टाढा बस्छ । नयाँ साेच र सपनालले गर्दा उसकाे दिमाग ताजा, उर्जाशिल र सकरात्मक रहन्छ । उ जिवनप्रति आशावादी रहन्छ ।

थप जानकारीः

तपाईले यस्ता सपना देख्नुभयो भने भन्न सकिन्छ कि खराब समयका] संकेत दिएको छ !

ज्योतिषशास्त्रमा विश्वास नगर्ने सायदै कमै छन् । किनकी ज्यातिष विज्ञानमा हाम्रो जीवन अडेको छ । यसैलेपनि धेरैको विश्वास छ । ज्योतिष शास्त्रले मानिसको सही र खराब समयकोपनि एकिन गर्ने गर्दछ । यो साँचो हो, खराब समयपछि राम्रो समय अवश्य आउँछ । तर, राम्रो र नराम्रो समयबीचको समय तय हुँदैन, यसै कारण नराम्रो समयलाई सामना गर्ने समय हुँदैन । तर, यसअघि हामी केही संकेत पाउँछौ भनिन्छ । जुन सपनाले निर्देश गर्दछ ।

भोजनको समयमा देखिने संकेत

कहिले काही खाना खाँदा पहिलो गाँसमै नमिठो वा तीतो लाग्छ । यदि दोस्रो तृेस्रो गासमा पनि यही महशुस भएकामा तपाई कहाँ अशुभ समाचार आउँने संकेत भनेर भन्ने गरिन्छ । यसबाहेक तपाईको कुनै नाता–सम्बन्धमा पनि खटपट आउँनसक्ने संकेत भन्ने गरिन्छ । त्यसैले केही सावधानी अपनाउँनुहोस् ।

पूजाको समयमा संकेत

सबैलाई थाहा भएको कुरा, पूजा गरिरहेका बेला पूजाको थाल झर्नु भनेको तपाईको आरती स्विाकर्य भइरहेको छैन र आउने समय खराब छ भन्ने बताइनछ । त्यस्तै, बलिरहेको दियो अचानक निभ्नु पनि विपत्तिको संकेत मानिन्छ ।

बाटोमा झगडा

घर वा अफिसबाट निस्किएपछि बाटोमा केही दिनसम्म लगातार कही–कतै झगडा भइरहेको देखेमा तपाईको कार्यक्षेत्रमा अवरोध आउँन सक्ने संकेत हो ।

बिरालोको डरलाग्दो आवाज

यदि तपाईले पाल्नु भएको बिरालोले अचानक डरलाग्दो आवाज निकाल्न थालेमा वा सामान्यभन्दा फरक आवाज आउँन थालेमा तपाईको घरमा केही नकारात्मक शक्तिको संञ्चार भइरहेको संकेत हो । पारिवारिक असझदारी बढ्ने संकेत हो ।

नराम्रो सपना

ज्योतिष शास्त्रअनुसार, नराम्रो सपना बारम्बार देख्नु परिवारमा नराम्रो घटना हुनसक्ने संकेत हो । स्वप्नशास्त्रका अनुसार, बारम्बार नराम्रो सपना देख्दा तपाई मानिसक रुपले अशान्त बन्नुहुन्छ, जसको असर तपाईको कार्यक्षेत्र तथा दैनिक कार्यमा पर्छ र तपाई तनावको अवस्थामा पुग्नुहुन्छ ।

दुध पोखिनु वा फाट्नु

तपाईको असावधानीका कारण दुध फाट्नु वा पोखिनु एउटा कुरा, तर यदि फाट्ने सम्भावना नभई अचानक फाटेमा सम्झनुहोस्, तपाईको परिवारमा कलह हुने संकते हो ।

यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छ:

सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।

माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।

बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।

सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।

रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।

सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।

सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।

दुब्लो गाई वा गोरु देखेमा दु:ख कष्ट हुन्छ ।

सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।

कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।

सपनामा बन्द ढोका देखेमा हैरानी वा दु:ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वा
झन्झट हुन्छ ।

दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।

घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।

भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।

मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।

रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।

सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा

कष्ट र व्यर्थमा हैरानी हुन्छ ।

सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।

हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।

मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।

सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।

विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।

सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।

आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।

सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

कस्तो अवस्थामा हुँदा लगभग कस्ता प्रकारका सपनाहरु देखिने सम्भावना हुन्छ त ?

१) केही कुरा लुकाउन खोजिरहेको अवस्थामा र आफूले गर्नु पर्ने कुनै कुरामा पूर्ण तयारीको अवस्था छैन भन्ने आफूलाई त्यसको महसुस भैरहेको छ भने अरुको अगडी नांगिएको प्रकृतिको सपना देख्ने सम्भावना हुन्छ। तर तयारी नहुँदा नहुँदै पनि आफूलाई खासै चिन्ता छैन भने नांगिए पनि कसैले नदेख्ने खाले सपना देखिन सक्छ।

२) आफूलाई चिन्ता परेको छ, असुरक्षित महसुस भैरहेको छ,परिस्थिति आफ्नो बसमा छैन, जाँचको तयारी राम्रो छैन भने आफू कतै खसिरहेको, लडेको, पछारिएको, ओरालै–ओरालो झरेकोजस्तो प्रकृतिको सपना देखिने सम्भावना हुन्छ।

३) समस्यालाई डटेर सामना गर्नुकोसट्टा पन्छिन खोजिरहेको अवस्थामा, काममा, अध्ययन गर्ने ठाउँमा अथवा छिमेकमा खटपट पारिरहेको अबस्थामा, परिणामको निस्चयता नहुँदा नहुँदै धेरै क्षेत्रमा हात हालिरहेको अवस्थामा, लागेको कुनै लत छाड्न गाह्रो भैरहेको अवस्थामा कसैले लखेटेको वा जति दौडे पनि उही ठाउँमा भएको,खुट्टा लुला भएको प्रकृतिको सपना देख्ने सम्भावाना रहन्छ।

४) यदि ध्यान पुर्याउनु पर्ने कुरामा ध्यान पुगिरहेको छैन भने, कुनै समस्या समाधान गर्ने कोसिस भैरहेको छ भने, कसैले आफूलाई जांचिरहेको भान भैरहेको छ भने जांच दिएको, पेनले नलेखेको, उत्तर लेखेर नसकिएको, लेखिसकेपछि उत्तर उल्टो भएको थाहा पाएको,उत्तर कपि हराएको, जांच भएको कुरा अचानक याद आई कोठातिर दौडिरहेको प्रकृतिको सपना देखिने बढी सम्भावाना हुन्छ।

५) आफूले महसुस गरे पनि नगरे पनि हरेक दृष्टिकोणले परिस्थिति आफ्नो अनुकुल भैरहेको छ भने, हालसालै कुनै नाप्न तथा देख्न सकिने सफलता मिलेको छ भने उडेको, पहाड चढेको, नदी तरेको, एक्लैले धेरैलाई जितेको आदि प्रकृतिको सपना देखिने सम्भावना हुन्छ, तर समस्या यद्यपि रहेको भान भैरहेको छ भने चढ्ने वा तर्ने गतिमा अथवा क्रममा कतै न कतै बाधा परेको सपना देखिन सक्छ।

६) यदि काममा ब्यबधान आएको छ जसको कारणले चिन्ता बढिरहेको छ । अथवा आफ्नो भनाइको प्रभाब नपरिरहेको अनुभब भैरहेको छ भने दाँत हल्लेको, रगत आएको, दाँत झरेको, किराले घेरेको, माकुराले जेलेको प्रकृतिका सपना देखिन सक्छन्।

७) जीवनमा कुनै कुराले एकदम गहिरो आघात पारेको छ, अर्थात् आफूलाई अन्यायमा पार्ने प्रति बदलाको भावाना यद्यपि मनमा छ भने उक्त व्यक्ति वा उक्त आधात पार्ने घटनासंग सम्बन्धित सपना दोहोरिरहने सम्भावना रहन्छ।

८) आफूले एकदम मन पराएको व्यक्तिसंग परिस्थितिबस सम्बन्धमा सधैको लागी पूर्णबिराम लाएको छ भने अथवा बर्तमान पाटनरसंग कुनै न कुनै रुपले सन्तुष्टि मिलेको छैन भने बिछोडिएकै व्यक्तिसंग सहबास भैरहेको सपना देख्ने सम्भावाना रहन्छ। त्यस्तै यौन सम्बन्धि अत्यधिक चाहाना बढेको बेला कुनै माथिल्लो स्तरको व्यक्तिसंग संसर्ग भएको प्रकृतिको सपना देखिन सक्छ।